२०८२, २७ जेष्ठ मंगलबार

शास्त्रका अनुसार ७ व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस् हेर्नुहोस ती को हुन् ?

शास्त्रका अनुसार ७ व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस् हेर्नुहोस ती को हुन् ?


हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ ।
सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहारलाई पनि दर्शाउँछ । मानिसले थोरै झुकेर नमस्कार गर्दा मानिसको अंहकार हट्छ भने मानसिक र व्यवहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ ।
नमस्कारले धेरै सकारात्मक असर गर्छ । तर, कहिले काही केही यस्ता व्यक्ति हुन्छन् जसलाइ नमस्कार गर्दा नमस्कारले सकारात्मक भन्दा नकरात्मक असर गर्छ । अर्थात् केही व्यक्तिलाइ नमस्कार गर्नु फाइदा नभइ बेफाइदा हुन सक्छन् ।

ती कस्ता व्यक्ति हन् जसलाई नमस्कार गर्नु राम्रो मानिदैन
जुठो परेको व्यक्तिः यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

नुहाइरहेको व्यक्तिः नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

मुर्ख मानिसः आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

टाढा रहेको व्यक्तिः आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।

धनको अंहकार गर्ने व्यक्तिः यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

दौडिरहेको व्यक्तिः दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

पानीमा रहेको व्यक्तिः पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ८ : ४९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक