२०८२, २३ भाद्र सोमबार

काभ्रेमा नेकपा भुम्लुको पहिलो कार्यालय उद्घाटन

काभ्रेमा नेकपा भुम्लुको पहिलो कार्यालय उद्घाटन


काभ्रे २० कार्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघीय संरचना अन्तर्गतको तीन तहको सरकार मध्ये स्थानीय तहको सरकार विकासको मुख्य हकदार भएको बताएका छन् ।

विकास निर्माणको मुख्य हकदार भएकाले स्थानीय तहको सरकारले पूर्वाधार विकासको महान् अभियानमा दत्तचित्त भएर लाग्नु पर्ने मन्त्री बास्कोटाको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टी काभे्रको भुम्लु गाउँपालिका संगठन कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई गत सोमबार सम्बोधन गर्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले आफ्नो ठाउँमा के–के गर्नुपर्ने हो रु आफ्ना विकास निर्माणका विषयमा स्थानीयले व्यापक छलफल गरी स्थानीय सरकारसँग समन्वय आफ्नो गाउँको विकास निर्माणलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।

सङ्घीय सरकारले प्रदेश हुँदै स्थानीय तहमा विकासका बजेट पठाउँछ । केन्द्रको बजेट र स्थानीय तहका आन्तरिक बजेट समेत गरी संयुक्तरुपमा विकास निर्माणका कामहरु पूरा हुने बताउँदै उनले काभ्रेमा विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रेल, विशेष आर्थिक क्षेत्रलगायतका योजनामध्ये केही विकासका चरण छन् भने केही निर्माणका चरण प्रवेश गराउन बजेटको यथोचित व्यवस्था गरिएको छ, कार्यक्रममा उनले भने, ‘यी महत्वकांक्षी विकासका योजनाहरु एकै वर्षमा भने हामीले सम्पन्न गर्न सक्दैनौं । त्यसका लागि समय लाग्छ ।’

पार्टी कार्यलय उद्घाटनका क्रममा मन्त्री बास्कोटाले सरकारले जनताको सुखको दिन ल्याउन योजनावद्ध रुपमा लागि रहेको उल्लेख गर्दै उनले भने, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिएको छ ।

सामाजिक न्याय र सुशासनका लागि आवश्यक कदम लिएर सरकार अघि बढिरहेकाले जनताले गरेको आशा र अपेक्षा क्रमिक रुपमा पूरा गर्दै जाने उनको भनाई थियो । मन्त्री बाँस्कोटाले सरकारले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा प्रत्येक वडाका लागि रु एक करोड पुग्ने गरी भवन निर्माण गर्न यस वर्ष ३० अर्बभन्दा बढी रकम व्यवस्थापन गरेको उल्लेख गर्दै अगामी वर्षमा सबै भूकम्पपीडितलाई छानोमुनि ल्याइने गरी पुनः निर्माणको कामलाई गति दिइने बताएका थिए ।

यसैगरी मन्त्री बाँस्कोटाले आजै मण्डन देउपुर नगरपालिकास्थित ज्याम्दीमा ज्याम्दी फुटबल युनाइटेड एशोसिएशनद्वारा सञ्चालित जिल्लास्तरीय फुटबल प्रतियोगिताका विजयी टिम पाँचखालको लामा स्टार क्लबलाई पुरस्कार तथा पदक समेत वितरण गरेका थिए ।

यसैगरी कार्यक्रमका अतिथी काभ्रे प्रतिनिधिसभा क्षेत्र नं.१ का सांसद गंगाबहादुर दोङले जिल्लामा नै सबैभन्दा पहिला स्थानीय तहको पार्टी कार्यालय खोलेकोमा खुसी व्यक्त गरेका थिए ।

त्यसैगरी प्रदेश सांसद लक्ष्मण लम्सालले स्थानीय उत्पादनलाई बढाउन सकेमा मात्रै देश आत्मनिर्भर हुने बताउँदै आफ्नो क्षेत्रको विकास निर्माणका लागि आफू निरन्तर लागिरहेको बताएका थिए ।

कार्यक्रमा गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले पाटीले तय गरेको ऐजेण्डालाई गाउँपालिकाको नीति तथा कार्यक्रमा समावेश गरे पनि स्थानीय तहका कार्यकर्ताहरुले त्यसलाई शिरोधार्य नगरेको गुनासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ९ : ५० बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध