२०८२, २७ जेष्ठ मंगलबार

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव


काठमाडौँ, २० कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिको उपस्थितिमा आज बसेको बैठकले सो निर्देशन दिएको हो ।

बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सम्बन्धमा गत पुस १३ गते गठन गरेको विज्ञ समूह र पुनः निर्माण प्राधिकरणबाट यही कात्तिक १८ गते गठन गरिएको विज्ञ समितिले ‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव दिएका थिए । ती प्रतिवेदनका आधारमा पहिलेको गुम्बज शैलीमा पुनः विचार गरी आवश्यक कार्य अघि बढाउन बैठकले निर्णय गरेको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।

बैठकले रानीपोखरीमा रहेको ‘जमलेश्वर’ मन्दिर र ‘विष्णुतीर्थ’को पुनः निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको संयोजनमा काम गर्ने पनि जनाएको छ । प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कङ्क्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : ०५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक