२०८३, १३ श्रावण बिहीबार

गाउँघरमा कुकुर रुनुका कारणहरु यस्तो पाइन्छ

गाउँघरमा कुकुर रुनुका कारणहरु यस्तो पाइन्छ


कुकुर इमान्दार र वफादार जनावर पनि हो । तर कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। हामी प्रायस् कुकुर विरालो रोएको राम्रो मान्दैनौँ ।

कुकुर रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ । त्यसैले कुनै कुकुर तथा विरालो रोएको आवाज आएमा हामी तिनिहरुलाई पिटेर धपाउने गर्दछौँ । के तपाइले कहिले सोच्नु भएको छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् । वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । कुकुर रुनुका कारणहरु यस्ता छन् ।

कुकुर रुनुका कारणहरुको बारेमा चर्चा गरौ ।

दुखका कारण : कुकुर प्राय चोट तथा दर्द लागेर रुने गर्दछ । यसका साथै कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।

रिसको झोकमा : कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् ।

भविष्यमा हुने विपतिको सङ्केत दिन : कुकुर विरालो एवम् जुनसुकै जनावर होस् यिनीहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

एक्लै रहन मन नगरेर : कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।

अरु कुकुरलाई सङ्केत दिन : जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।

इलाकामा हक जमाउन : जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् । तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : २१ बजे

सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाबीच गृह मन्त्रालयमा छलफल, गृहमन्त्री सुनसरी प्रस्थान

काठमाडौं । देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाबीच गृह मन्त्रालयमा

शिक्षा र स्वास्थ्य समता शुल्क आजदेखि खारेज, असुलिएको रकम १५ दिनभित्र फिर्ता गर्नुपर्ने

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै

विराटनगर । सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका दुई

राष्ट्रिय हित र शान्तिका लागि एकजुट हुन ओलीको आह्वान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।