२०८३, २२ भाद्र मंगलबार

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार


राँझा, १९ कात्तिक : भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पु¥याइएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । उनीहरूलाई परिवारको सम्पर्कका आधारमा घरसम्म पु¥याइने उहाँले जानकारी दिनुभयो । खाडीमुलुक कुवेत र साउदीमा मासिक रु ५० हजार तलब मिल्नेगरी रोजगारी दिलाइदिने आश्वासन पछि आफूहरू जान तयार भएको उनीहरुले बताएका छन् । सत्र जना, १३ जना र सात जना गरी ३७ महिलालाई छुट्टाछुट्टै स्थानमा राखिएको अवस्थामा उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले बताउनुभयो ।

अलपत्र महिला बेचबिखनको जोखिममा रहेका सूचनाका आधारमा छापा मार्दा भारतीय केदार नामका एक जना पक्राउ परेको पाण्डेले जानकारी दिनुभयो । केदारले खाडी मुलुकमा नेपाली महिला पठाएबापत प्रतिमहिला चार लाख भारतीय रुपैयाँ आफूले पाउने गरेको भारतीय प्रहरीसामु बयान दिएको उहाँले जानकारी दिनुभयो । यस्तै दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलाको पनि उद्धार गरिएको छ । उनीहरूलाई तीन महिना पहिला दिल्लीको जिवीरोडस्थित १५६ नं कोठीबाट उद्धार गरिएको माइती इण्डियाका संस्थापक पाण्डेले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका दुई र नुवाकोटका एक जना गरी तीनको उद्धार गरिएको हो । जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : २५ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर