२०८३, १ भाद्र मंगलबार

महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, वडा अध्यक्षसहित १६ विरुद्ध मुद्दा

महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, वडा अध्यक्षसहित १६ विरुद्ध मुद्दा


विराटनगर, १९ कार्तिक :भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने विराटनगर महानगरपालिका प्रवक्ता उद्धव अर्यालयसहित १६ विरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै झुटा विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोगमा मुद्दा दायर गरेको हो।

भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिने महानगरपालिका पवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष अर्यालले पछिल्लो समय दुई भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको छ। अर्यालसहित वडा सदस्य रमेश साह र सुन्दरहरैंचा नगरपालिकामा बसोबास गर्ने वडा सचिव पुष्पा तिम्सिनाविरुद्ध मुद्दा दायर भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए। बाबु बनेर भारतीयलाई नागरिकता दिलाउने मुख्य भूमिकामा रहेका विराटनगर १ घर भइ मोरङको कटहरी गाउँपालिका १ मा बस्दै आएका ५५ वर्षीय सत्यनारायण पोद्धारलाई मुख्य अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ।

पोद्धारले अहिलेसम्म झुटा विवरण पेश गर्दै आफू बाबु बनेर सातजना भारतीयलाई नागरिकता दिलाएको अनुसन्धानका क्रममा खुलेको छ। स्रेस्तेदार ओझाका अनुसार झुटा विवरण पेश गरी छोरा बन्ने र नागरिकता लिने भारतीय नागरिक २२ वर्षीय संजीव पोद्धार, २० वर्षीय धिरज पोद्धार, जितेन्द्र पोद्धार, २५ वर्षीय राजेन्द्र पोद्धार, रोशनकुमार पोद्धार, १८ वर्षीय मिथिलेश पोद्धार र १९ वर्षीय पवन पोद्धारलाई पनि मुद्दाको प्रतिवादी बनाइएको छ।
स्रोतका अनुसार मिथिलेश र पवनलाई नागरिकता दिलाउनका लागि वडा अध्यक्ष अर्यालले पछिल्लो पटक सिफारिस गरेको र वडा सदस्य रमेश साह साक्षी बसेको खुलेको छ।

अन्य पाँच जनालाई भने त्यस अघि नै सत्यनारायणले बाबु बनेर नागरिकता दिलाइसकेको खुलेको छ। भारतीय नागरिकलाई नेपाली नागरिकता दिनका लागि सर्जीविन गर्नेहरु विराटनगर १ की ४७ वर्षीय सीमादेवी राम, ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोसी गाउँपालिका १ का ४५ वर्षीय सुरेश पोद्धार र मोरङको कटहरी गाउँपालिका १ का ४३ वर्षीय बैजनाथ शर्माविरुद्ध पनि मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता गरिएका मध्ये मुख्य अभियुक्त सत्यनारायण मात्रै पक्राउ परेका छन्। वडा अध्यक्ष अर्यालयसहित अन्य १५ जना फरार छन्। सत्यनारायण पक्राउ परेको थाहा पाएसँगै अर्यालसहित अरु फरार बनेको प्रहरीले जनाएको छ।

मुख्य अभियुक्त सत्यनारायणले कान्छी श्रीमती पट्टीका छोरा देखाउँदै मोटो रकम लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउने काम गर्दै आएको एक प्रहरी अधिकारीले बताए।जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्धारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएको खुलेको छ।

मोरङ प्रहरीले किर्ते गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्धार पक्राउ गरेपछि सातजना भारतीय नागरिकलाई उनी नै बाबु बनेर नेपाली नागरिकता दिलाएको र यसमा जनप्रतिनिधि समेत संलग्न रहेको खुलेको हो। समय अभावका कारण आइतबार मुख्य अभियुक्त सत्यनारायणको वयान सरेको छ। सोमबार वयान भए लगत्तै थुनछेक बहस हुनेछ।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : १५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा