२०८३, २९ असार मंगलबार

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल


काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको दाबी इरानले गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार (आईआरजीसी) ले उक्त जलमार्गमा पूर्ण निगरानी र नियन्त्रण पुनः सुरु गरेको घोषणा गरेको हो। आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीहरूले क्षेत्र अब ‘सामान्य अवस्थामा फर्किने’ र सुरक्षा व्यवस्था कडा पारिने बताएका छन्।

यसबीच इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै अमेरिकी नाकाबन्दीलाई ‘समुद्री लूट’ को संज्ञा दिएको छ। यसअघि इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम अवधिभर उक्त जलमार्गबाट सबै व्यावसायिक जहाजहरूको आवतजावत खुला गरिएको बताएका थिए।

उक्त घोषणापछि अमेरिकी राष्ट्रपति ले ‘ट्रुथ सोसल’ मा इरानलाई धन्यवाद दिएका थिए। उनले होर्मुजमार्ग खुला भएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। तर केही मिनेटमै उनले अर्को सन्देशमार्फत अमेरिकी नाकाबन्दी जारी रहने स्पष्ट पारेपछि स्थिति झन् जटिल बनेको छ।

दुवै देशका परस्पर विरोधाभासी अभिव्यक्तिका कारणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। इरानले आफ्नो बन्दरगाहमाथिको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिइरहेको छ। यद्यपि केही जहाजहरू आवतजावत गरिरहेको देखिए पनि कति सुरक्षित रूपमा पार भएका छन् भन्ने यकिन हुन सकेको छैन।

यो खिचातानीले विश्वव्यापी इन्धन आपूर्ति, व्यापार र समुद्री सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढाएको छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  ६ : ४८ बजे

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा