२०८३, २९ भाद्र मंगलबार

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल


काठमाडौं । पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन्। पार्टीको आधिकारिकता सम्बन्धी विवादमा उनले दायर गरेको रिट सर्वोच्चले खारेज गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि खड्का पक्ष सक्रिय बनेको हो।

सर्वोच्चको उक्त निर्णयपछि उत्पन्न राजनीतिक अवस्थाबारे समीक्षा र आगामी रणनीति तय गर्न आज अपराह्न ४ बजे खड्का निवासमा बैठक बोलाइएको प्रकाशशरण महत ले जानकारी दिएका छन्।

खड्का पक्षसँग निकट मानिएका तथा पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरू-विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला लगायत-सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा असर पार्ने यस निर्णयपछि नेपाली कांग्रेसभित्र थप ध्रुवीकरण बढ्ने संकेत देखिएको छ। अब खड्का पक्षले कस्तो रणनीति अपनाउँछ भन्ने कुराले आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  १२ : २० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक