२०८२, ३० पुस बुधबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना : साँघुरो सडक र तीब्र गति

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना : साँघुरो सडक र तीब्र गति


धुलिखेल १८ कार्तिक : काभ्रेको कोशीपारीे चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ को मानपुरेडाँडामा ट्रक पल्टियो । दुर्घटनामा परि भुम्लु गाउँपालिका वडा नं ६ का अन्दाजी १८ वर्षिय सुमन पहरी र ३१ वर्षिय सरोज पहरीले ज्यान गुमाए ।

पाँच जना घाइते भए । जस मध्ये चालक सरोज पहरी, श्रीकृष्ण पहरी र निरबहादुर शिवभक्ती अहिले पनि अस्पतालको बेडमा छटपटाई रहेका छन् । बाँकी दुई घाइते विशाल शिवभक्ति र विर बहादुर पहरी (बसन्त) उपचारपछि घर फर्किएका छन् ।

हात र खुट्टा भचिएका चालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । टाउमा गम्भिर चोट लागेका श्रीकृष्णको नर्भिक अस्पतालमा शल्यक्रिया भइरहेको स्थानीय क्रान्ति लामाले बताए । त्यस्तै टाउकोमा चोट लागेका अर्का घाइते शिवभक्तिको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

बिर्तादेउरालीमा रहेको ब्लक उद्योगमा बालुवा पुर्याएर दोलालघाट फर्किदैँ गर्दा ट्रक दुर्घटनामा परेको थियो । राति साढे ७ बजेतिर दुर्घटनामा परेको ट्रकका घाइतेले नै खबर गरेपछि स्थानीय उद्दार गर्न पुगेका थिए ।

‘घटना भएको झण्डै १५/ २० मिनेट पछि मात्रै हामीलाई घाइते विशालले खबर गरे । अनि हामी सबै गाउँले मिलेर उद्दारमा जुट्यौँँ । स्थानीय लालकाजी पहरीले भने । दुईजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।’ घटना भएको झण्डै १ घण्टापछि प्रहरी पुग्दा स्थानीयले सबैको उद्दार गरिसकेका थिए ।

२०७३ साल साउन महिनमा २८ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना स्थल भन्दा करिब ६० मिटर दुरी आसपारबाट ट्रक खसेको थियो । प्रहरीका अनुसार सडकबाट करिब ७० , ८० मिटर तल ट्रक खसेको छ ।

साँघुरो बाटो । तीब्र गति । गाडीको चक्का मात्रै अट्ने सडक छ, लालकाजीले भने चालकले अलि कति गति बढाउने बित्तिकै यात्रुको मनले ठाउँ छोड्छ । साना ठूला सवारी दुर्घटनामा परी कोशीपारीमा दर्जनौँले ज्यान गुमाइसकेका छन् । तर सडकको गुणस्तर सुधारमा भने सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयहरु बताउँछन् ।

सामान पुर्याएर फर्किएको ट्रकमा मजदुर सवार थिए । कमाउने मानिसको दुर्घटनामा मृत्यू भएपछि अहिले परिवारको विचल्नी भएको छ ।

दुर्घटामा परेको ना १ क ९५२४ नम्बरको ट्रक बन्दना भगवती प्रा.लिले मध्य पहाडी लोक मार्गमा निर्माण सामग्री ढुवानी गर्न प्रयोग गर्दै आएको थियो । कोशीपारीमा अहिले मध्यपहाडी लोक मार्ग अन्तर्गत सडक निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : ०३ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता