२०८२, ९ भाद्र मंगलबार

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो


काठमाडौँ, १८ कात्तिक : वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ ।

तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उहाँले बताउनुभयो । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताउनुभयो । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : १० बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको