काभ्रे १८ कार्तिक काभ्रेको कोशीपारीमा ट्रक दुर्घट्नामा परी दुईजनाको मृृत्यू भएको छ । मृत्यु हुनेहरुमा भुम्लु गाउँपालिका वडा नं ६ का अन्दाजी १८ वर्षिय सुमन पहरी र ३१ वर्षिय सरोज पहरी रहेका छन् ।
घाइतेहुनेहरुमा निरबहादुर शिवभक्ति, कृष्ण पहरी, चालक सरोज पहरी, विसाल शिवभक्ति र विरबहादुर पहरी रहेका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको स्थानीय लालकाजी पहरीले खबरघरलाई बताए । कृष्ण पहरी पुर्व जनमुक्ति सेना नेपाल तथा पहरी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए ।
दुर्घटना विर्तिादेउराली चौंरीदेउराली गाउँपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा भएको थियो ।
प्रतिक्रिया