काभ्रे १८ कार्तिक: जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घट्ना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।
दुर्घट्नामा परी घाईते हुनेहरुमा भुम्लु गापा वडा नं. ६ का श्रीकृष्ण पहरी, निरबहादुर पहरी, चालक सरोज पहरी, र सुमन पहरी रहेका छन् । उनीहरु पाँचै जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए । गम्भिर घाईते भएका ५ जनालाई धुलिखेल सामुदायिक अस्पतालमा उपचारको लागि ल्याएका छन् ।
प्रतिक्रिया