२०८३, ७ कार्तिक शनिबार

‘दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो’

‘दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो’


जाकार्ता, इन्डोनेसिया, १७ कात्तिक :इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् । विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताउनुभयो ।

भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उहाँको भनाई थियो । जहाजको मध्य भाग आँफैले नभेटेको तर उद्धारमा सम्लग्न अन्य गोताखोरले भेटेको बताउँदै उहाँले भन्नुभयो, एक दुई दिनमा उक्त भागलाई बाहिर ल्याउने काम गरिने बताउँनुभयो ।

उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।
इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना रहेका थिए ।

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना