२०८३, २२ भाद्र मंगलबार

भक्तपुरका अधिकांश पसलमा अखाद्य मिठाई

भक्तपुरका अधिकांश पसलमा अखाद्य मिठाई


भक्तपुर, १७ कात्तिक: भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो ।

अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएकोे उक्त वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर (मिठाई) पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलमा अनुगमन गरी त्यस्ता खान अयोग्य हुने मिठाई र प्रयोग गरिएका रङ्ग जफत गरेको थियो ।

यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय मिठाई पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र रु ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ८ : ०१ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर