२०८२, २१ मंसिर आईतबार

नेकपा काभ्रेको चियापान, बनेपामा प्रचण्ड,कोशीपारी गोकुल, धुलिखेलमा नारायाणकाजीले सम्बोधन गर्ने

नेकपा काभ्रेको चियापान, बनेपामा प्रचण्ड,कोशीपारी गोकुल, धुलिखेलमा नारायाणकाजीले सम्बोधन गर्ने


काभ्रे १६ कार्तिक  : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल काभ्रेको बनेपामा आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेले कार्तिक २० बनेपाको अरनिको पाटी प्यालेसमा आयोजना गरिएको शुभकामना आदन प्रदान,चियापान तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले सम्बोधन गर्ने नेकपा काभ्रेका सदस्य इन्द्र तामाङले खबरघरलाई जानकारी दिएका हुन् ।

यसैगरी काभ्रेको धुलिखेलमा हुने चियापान तथा शुभकामना कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आउने भएको छ । नेकपा धुलिखेल कमिटिले कार्तिक १९ गते आयोजना गरेको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रममा पाटी प्रवक्ता श्रेष्ठ आउन लागेको नेकपा काभ्रेका सदस्य  रामगोपाल चौलागाईले बताए ।

यसैगरी काभ्रेको कोशीपारीमा कार्तिक १९ गते नै नेकपाले शुभकामना तथा चियापान कार्यक्रम राखेका छन् । कार्यक्रमलाई सम्बोधन गर्नका लागि सुचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा कोशीपारी जाने भएको छ ।

नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रमले पार्टी एकताको सन्देश दिने नेकपा काभ्रेका नेता सूर्यमान दोङले जानकारी दिए ।

काभ्रेमा हुने चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमले नेकपाका नेता कार्यकर्ता,र जनतामा उर्जा थप्ने नेकपा काभ्रेका कार्यासचिव बसुन्धारा हुमागाइले बताए ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ३३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको