२०८३, ९ आश्विन शनिबार

नेकपा काभ्रेको चियापान, बनेपामा प्रचण्ड,कोशीपारी गोकुल, धुलिखेलमा नारायाणकाजीले सम्बोधन गर्ने

नेकपा काभ्रेको चियापान, बनेपामा प्रचण्ड,कोशीपारी गोकुल, धुलिखेलमा नारायाणकाजीले सम्बोधन गर्ने


काभ्रे १६ कार्तिक  : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल काभ्रेको बनेपामा आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेले कार्तिक २० बनेपाको अरनिको पाटी प्यालेसमा आयोजना गरिएको शुभकामना आदन प्रदान,चियापान तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले सम्बोधन गर्ने नेकपा काभ्रेका सदस्य इन्द्र तामाङले खबरघरलाई जानकारी दिएका हुन् ।

यसैगरी काभ्रेको धुलिखेलमा हुने चियापान तथा शुभकामना कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आउने भएको छ । नेकपा धुलिखेल कमिटिले कार्तिक १९ गते आयोजना गरेको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रममा पाटी प्रवक्ता श्रेष्ठ आउन लागेको नेकपा काभ्रेका सदस्य  रामगोपाल चौलागाईले बताए ।

यसैगरी काभ्रेको कोशीपारीमा कार्तिक १९ गते नै नेकपाले शुभकामना तथा चियापान कार्यक्रम राखेका छन् । कार्यक्रमलाई सम्बोधन गर्नका लागि सुचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा कोशीपारी जाने भएको छ ।

नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रमले पार्टी एकताको सन्देश दिने नेकपा काभ्रेका नेता सूर्यमान दोङले जानकारी दिए ।
।

काभ्रेमा हुने चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमले नेकपाका नेता कार्यकर्ता,र जनतामा उर्जा थप्ने नेकपा काभ्रेका कार्यासचिव बसुन्धारा हुमागाइले बताए ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ३३ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा