२०८२, ९ भाद्र मंगलबार

देउपुर दुर्घटना छानबिन गर्न समिति, चालक बोगटी हिरासतमा

देउपुर दुर्घटना छानबिन गर्न समिति, चालक बोगटी हिरासतमा


काभे्रपलाञ्चोक, १५ कार्तिक :  काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुई जना सहायक प्रहरी अधिकृत सदस्य रहेको घटना छानबिन समिति बनाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

शनिबार दिउँसो २ बजे छ जना सवार बा३च २८७ नंको ल्याण्ड क्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार २४ वर्षीय जीवन पराजुली तथा टे«ड यूनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनामा गम्भीर घाइते पूर्वप्रहरी नायब उपरीक्षक विनोद गौतमको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते बोगटी र अर्का धनराज पुरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । मृतक एवं घाइते पुरीको मण्डन देउपुर नपा–५ बाउनेडिहीस्थित जमीनमा बालुवा खानी चलाउन निरीक्षण गरेर फर्र्कंदा दुर्घटना भएको हो । रासस

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  २ : २३ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको