२०८२, २१ भाद्र शनिबार

सालकको छालासहित दुई पक्राउ

सालकको छालासहित दुई पक्राउ


काठमाडौँ, २६ असोज नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडौं बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ ।

बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका–२ का देवराज श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका–१ का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ गरिएका दुवैलाई कारवाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडौमा बुझाइएको छ । सालक लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ ९१० ‘क’ बमोजिम कारवाही चलाइने ब्यूरोले जनाएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद बिक्री गर्ने वा ओसारपोसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान छ ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ०६ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन