२०८३, १० जेष्ठ सोमबार

मानव अधिकार आयोगको निर्देशन : पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन

मानव अधिकार आयोगको निर्देशन : पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन


काठमाडौँ, २५ असोज राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ ।

आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका सबूत जे–जस्तो अवस्थामा भए पनि सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिएको आयोगका निमिक्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी मृतक निर्मला पन्तको भेजिनल स्वाव नमूना सङ्कलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाका बारेमा जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि आयोगले पत्राचार गरेको छ ।

यसैबीच आयोगले आजै पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा चिकित्सकीय जाँच तथा सबुदको वैज्ञानिक परीक्षणका बारेमा चिकित्सा विज्ञ र डिएनए विज्ञसँग छलफल गरेको छ । आयोगले पन्तको डिएनए परीक्षण प्रतिवेदन र शव परीक्षण प्रतिवेदनका प्रतिलिपिको समेत सूक्ष्म अध्ययनका बारेमा छलफल गरेको हो ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानूनी चिकित्सा विज्ञ डा हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा दिनेश झालगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ४१ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी