२०८३, ९ भाद्र बुधबार

बलात्कार प्रकरणका अभियुक्त काभ्रेका विकास गौतमद्धारा आत्मसमपर्ण

बलात्कार प्रकरणका अभियुक्त काभ्रेका विकास गौतमद्धारा आत्मसमपर्ण


काठमाडौं, १८ असोज दरबारमार्गको चर्चित होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कार प्रकरणका एक अभियुक्तले जिल्ला अदालत काठमाडौंमा आत्मसमपर्ण गरेका छन् ।

माघ ७ गते राती भएको सो घटनाका अभियुक्त काभ्रे स्थायी घर भएका विकास गौतमले आत्मसमर्पण गरेका हुन् ।

गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ ।

बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक सई चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो । दाङ स्थायी घर भएकी युवतिलाई शैलेस कार्कीसहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीसमक्ष लिखित जाहेरी दिएकी थिईन् ।

युवतीको बयानका आधारमा पक्राउ परेका शैलेस कार्की र युवतीबिच महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालय बाहिर कागज बनाएर मिलापत्र गराईदिएको प्रहरी स्रोतको भनाई छ ।

इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानबिन समिति गठन गरेको थियो । महानगरीय प्रहरी कार्यालय रानिपोखरीले पनि दरबारमार्ग घटनामा छुट्टै समिति गठन गरेर छानबिन गरेको थियो ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १ : १६ बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको