२०८२, ७ पुस सोमबार

कतारमा डेढ सय नेपाली अलपत्र

कतारमा डेढ सय नेपाली अलपत्र


काठमाडौं, असोज १८: कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्।

कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ।सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन्। भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएका छन्। ‘९ सय जनाका लागि एउटै मेस छ। खाद्यान्न सहयोग मिलिरहेको छ। चामल कम भएका बेला खिचडी बनाएर खाने गरेका छौं,’ चन्द्रबहादुर सेजवालले भने।

कामदारले गत मे महिनादेखि तलब पाएका छैनन्। कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन्। ‘हामीले तलब र उपदान माग्दै विवाद समाधान समितिमा मुद्दा हालेका छौं। मुद्दा जिते पनि पैसा पाइँदैन कि भन्ने चिन्ता छ,’ लमजुङका मोहन गुरुङले भने। हम्टानले एक वर्षदेखि कामदारलाई नियमित तलब दिन सकिरहेको थिएन। ‘पहिला ६ सयभन्दा बढी नेपाली थिए। कम्पनीले तलब दिन नसक्दा धेरैले छाडेर गए,’ उनले भने।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ६ : ४० बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको