२०८२, २७ असार शुक्रबार

प्रधानमन्त्रीको भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पत्रकार मानन्धर पक्राउ

प्रधानमन्त्रीको भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पत्रकार मानन्धर पक्राउ


काठमाडौं, कार्तिक १४ :  प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् ।

स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले मंगलबार पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : १५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत