२०८३, २८ भाद्र सोमबार

प्रधानमन्त्रीको भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पत्रकार मानन्धर पक्राउ

प्रधानमन्त्रीको भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पत्रकार मानन्धर पक्राउ


काठमाडौं, कार्तिक १४ :  प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् ।

स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले मंगलबार पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : १५ बजे

सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३, विजेतालाई पुरस्कार वितरण

भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय