२०८२, २७ असार शुक्रबार

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ


काठमाडौँ, १३ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उहाँलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकण्ठ काठमाडौँमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा रु २० हजार घुस मागेको आरोप आयोगको छ । आयोगले जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : २४ बजे

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण

एजेन्सी । रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी