२०८३, २६ जेष्ठ बुधबार

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ


काठमाडौँ, १३ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उहाँलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकण्ठ काठमाडौँमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा रु २० हजार घुस मागेको आरोप आयोगको छ । आयोगले जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : २४ बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ