२०८२, ३० कार्तिक आईतबार

तिहार झिलिमिलि पार्न विद्युत प्राधिकरण तयारी अवस्थामा

तिहार झिलिमिलि पार्न विद्युत प्राधिकरण तयारी अवस्थामा


काठमाडौं, कात्तिक १३ : यसपटकको तिहारमा विद्युत उपभोग भरपुर गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको छ । आजभन्दा तीन वर्षअघिसम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक पर्याप्त विद्युत उपयोग गर्न नै आग्रह गरेको छ । प्राधिकरणले १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ ।

नेपाल विद्युत प्राधिकरणले तिहारका १२ सय मेगावाटसम्म विद्युत उपयोग हुने अनुमान गरेको छ । त्यसका लागि प्राधिकरणसँग १२ सय ५० मेगावाट तयारी अवस्थामा राखेको छ । गतवर्ष मात्र १ हजार १ सय ५० मेगावाट विद्युत खपत भएको थियो । केहीवर्ष अघिसम्म झिलिमिलीको पर्व तिहार अन्धकार जस्तो हुने गर्दथ्यो । वितेको तीनवर्षमा विद्युत आपुर्तिमा धेरै सुधार आएको छ ।

नेपालमा कति छ त विद्युत ?
–नेपाल विद्युत प्राधिकरण : ५ सय ८ मेगावाट
–निजी क्षेत्र : ५ सय १२ मेगावाट
–भारतबाट आयात : ३ सय ५० मेगावाट
विद्युत परिपथमा समस्या आउन नदिन पनि प्राधिकरण तैनाथी अवस्थामा रहेको छ । ट्रान्सफर्मरको मर्मतसंभारदेखि अधिक क्षमता भएको स्थानमा लोड व्यवस्थापनसम्मका काम अघि बढाएको हो ।

यस्तो छ तिहारलाई झिलिमिली बनाउने प्राधिकरणको तयारी
–ओभरलोडेड फिडरलाई सार्ने
–ट्रान्सफर्मरको मर्मत संभार
– बढि लोड भएको भक्तपुर सवस्टेशनमा कप्लर चालु गर्ने
– बुस कटिङ गर्ने
– चपलीदेखि महाराजगञ्जसम्मको ११ केभी अण्डरग्राउण्ड डबल सर्किट विद्युतीय लाइनलाई सञ्चालन गर्ने
–लैनचौर फिडरलाई बालाजु र न्यू चाबेलसँग जोड्ने
–हेटौंडास्थित १४ मेगावाटको डिजेल प्लान्ट र दुहबीको ३९ मेगावाटको मल्टिफ्यूल
प्लान्टलाई तयारी अवस्थामा राख्ने
–आवश्यक परे भारतबाट थप विद्युत ल्याउने तयारीका साथ पूर्वाधार निर्माण

तिहारको समयमा देशभर विद्युत कटौतीको समस्या नआओस् भन्दै प्राधिकरणले देशका सबै नो लाइट केन्द्रलाई तयारी अवस्थामा राखेको छ । अघिल्ला बर्षमा तिहारका बेला उद्योग धन्दामा लोडसेडिङ भए पनि यसपटक भने आवश्यक परेको बेला उद्योग चलाउन सकिने भएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४० बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर