२०८३, ३० जेष्ठ आईतबार

पत्रकार पराजुलीको निधनप्रति पत्रकार महासङ्घद्धरा दुःख व्यक्त

पत्रकार पराजुलीको निधनप्रति पत्रकार महासङ्घद्धरा दुःख व्यक्त


काठमाडौँ, ११ कात्तिक : नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको थियो । आठ वर्षदेखि सक्रिय पत्रकार पराजुलीले ‘कान्तिपुर’ टेलिभिजन, ‘एभिन्यूज’ टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

पछिल्लो समय ‘रेडियो गौरव’मा आवद्ध पराजुलीको निधनले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ५ : ५१ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा