२०८२, १६ मंसिर मंगलबार

पत्रकार पराजुलीको निधनप्रति पत्रकार महासङ्घद्धरा दुःख व्यक्त

पत्रकार पराजुलीको निधनप्रति पत्रकार महासङ्घद्धरा दुःख व्यक्त


काठमाडौँ, ११ कात्तिक : नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको थियो । आठ वर्षदेखि सक्रिय पत्रकार पराजुलीले ‘कान्तिपुर’ टेलिभिजन, ‘एभिन्यूज’ टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

पछिल्लो समय ‘रेडियो गौरव’मा आवद्ध पराजुलीको निधनले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ५ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी