२०८२, २२ जेष्ठ बिहीबार

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण


काठमाडौँ, ९ कात्तिक : विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गर्नुभएको थियो । ‘चार्जिङ स्टेशन’ बनाउन समस्या नभए पनि के कति महशुल लिने, कसरी शुल्क लिने तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेलगायतका विषयमा भने नीतिगत व्यवस्था गर्न बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०÷३० किलोमिटरमा र राजधानीमा पनि सहजरुपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनु पर्दछ । प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क र एनइए इञ्जिनीयरिङ कम्पनीको कार्यालय थापाथलीमा ‘चार्जिङ स्टेशन’ निर्माण भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको खर्चसमेत कम हुने भएकाले पछिल्लो दिनमा संसारभर नै विद्युतीय सवारीतर्फ मानिसको आर्कषण बढेको छ ।

एशियाली विकास बैंकको सहयोगमा साझा यातायातले दुई वटा विद्युतीय सवारी साधन भित्र्याइसकेको छ भने थप तीनवटा आउने चरणमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समेत विद्युतीय सवारी साधन प्रयोग गर्न थाल्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले कानूनी प्रबन्ध हुने बित्तिकै स्टेशनसमेत बन्ने र नेपालमा हरेक वर्ष विद्युतीय सवारी साधन चढ्नेको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । राजमार्गका क्षेत्रमा पनि सहजरुपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजी क्षेत्रसमेत यसमा आर्कषित हुने उहाँको भनाइ छ । वातावरणीय संरक्षणका लागिसमेत पछिल्लो दिनमा विद्युतीय सवारी साधनमा आर्कषण बढ्दै गएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ४६ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक