२०८३, २० आश्विन बुधबार

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग


काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत जेन–जी बिद्रोहका नाममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुको पहिचानगरी दण्डहिनताको अन्त्य गर्न माग गरेको छ ।
अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ र २४ को नरसंहार र विध्वंसको स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी रुपमा उच्चस्तरीय छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको हो ।
नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू, विभिन्न समूहमा रहेका जेन–जी पुस्ता, आन्दोलन घोषणा गरेका विभिन्न दल तथा समूहहरू, जन–प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरू सबैमा कुनै पनि प्रकारका उत्तेजना फैलाउने काम कारबाही नगर्न, आपसी मित्रता, शान्ति, सद्भाव कायम राख्न पनि प्रतिष्ठानले अपील गरेको छ ।
त्यसैगरी बैठकले लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानको लागि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले निरन्तर रूपमा अनुगमन, खबरदारी र पहरेदारी गर्ने निर्णय गरेको अध्यक्ष खरेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  ८ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको