२०८३, १९ आश्विन मंगलबार

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा एक जनालाई ग्यास गनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिँदा एक ग्यास गन, एक मोबाइल, र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड बरामद भएको छ। ग्यास गन प्रायः भीड नियन्त्रणमा प्रयोग गरिन्छ र यसले अश्रुग्यास फ्याँक्न सक्छ।

प्रहरीले विशेष सूचनाको आधारमा खटिएको टोलीले ढुंगानालाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। प्रहरीका अनुसार भदौ २४ गते देशभरि १,२०० भन्दा बढी हातहतियार लुटिएका थिए। यसमध्ये अधिकांश हतियार फिर्ता भइसकेको बताइएको छ, यद्यपि सुरक्षा निकाय र गृह मन्त्रालयले यकिन तथ्यांक सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  ५ : ३० बजे

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले