२०८२, २२ कार्तिक शुक्रबार

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, ९ कात्तिक:सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै खड्काका तर्फबाट दुर्गाप्रसाद जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनको सुनुवाइपछि खड्कालाई थुनामुक्त गर्न आदेश जारी भएको हो । आदेशमा भनिएको छ, “पर्याप्त आधार र प्रमाणको अभावमा निवेदकको संविधानप्रदत्त मौलिक हक एवं अन्य कानूनी हक प्रतिकूल हुने गरी थुनामा राख्नु कानूनसम्मत नदेखिँदा थुनामुक्त गर्नुपर्ने पर्छ ।”

यसअघि अदालतले गत असोज १५ गते नै लिखित जवाफ माग गर्दै तीन दिनभित्र खड्कालाई सर्वोच्च अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र मकवानपुर जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको थियो । खड्कालाई प्रहरीले गत भदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको दुई दिनपछि बुटवलको इलाका प्रहरी कार्यालय लगिएको थियो । सो अदालतले धरौटीमा खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नेता खड्कालाई रुपन्देही जिल्लामा भएको बम विष्फोट गरेर क्षति पु¥याएको र मकवानपुरमा आगजनी गरेको आरोपमा सङ्गठिन अपराधमा मुद्दा दायर गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ७ : ५१ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका