२०८३, २६ श्रावण बुधबार

शान्ति सैनिक सङ्ख्या बढाउन नेपाल तयार

शान्ति सैनिक सङ्ख्या बढाउन नेपाल तयार


काठमाडौँ, ९ कात्तिक: उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताउनुभएको छ । चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा आज “संयुक्त राष्ट्र सङ्घको शान्ति मिशन ः चुनौती र सहकार्य” विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।

छ दशकदेखि नेपालले राष्ट्र सङ्घको शान्ति मिशनमा रही योगदान दिएकाले शान्ति, सद्भाव र करुणाजस्ता सन्देश दिने गौतम बुद्धको जन्मभूमिका नेपाली ज्ञानी रहेको प्रमाणित भएको बताउनुभयो । हालसम्म नेपाली सेनाका छ हजार २५७ ले शान्ति मिशनमा खटिएर स्थायित्वका लागि योगदान दिइसकेको जानकारी दिँदै उहाँले राष्ट्र सङ्घको आह्वानमा यो सङ्ख्या बढाउन नेपाल तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली शान्ति सेनाले विश्वमा शान्ति स्थापना, स्थायित्व र द्वन्द्वग्रस्त अवस्थामा मान्छेको जीवन र सम्पत्ति बचाउन, मानवअधिकारको रक्षा गर्न खेलेको भूमिकाको अन्तर्राष्ट्रियरुपमा सह्राहना गरिएको छ ।”

उपप्रधानमन्त्री पोखरेलले मिशनका लागि नेपालको स्रोत, विज्ञता, सैन्य उपकरण र स्पष्ट मार्गनिर्देशनका विषय सोचनीय छन् भन्दै शान्ति स्थापनामा एकै खालको समाधानको उपाय सही नहुने नेपली अनुभवसमेत प्रस्तुत गर्नुभयो । नेपालले मौलिक ढङ्गले शान्तिवार्ता सफल बनाएको उदाहरण स्मरण गराउँदै उहाँले मिशनमा खटिएका सेना सम्बन्धित देशको आन्तरिक राजनीतिक मामिलाबाट टाढा रही शान्ति र विधि स्थापनाको परिणामुखी कार्यादेशमा कार्यरत हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ७ : ०२ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा