२०८३, ३० जेष्ठ आईतबार

चाडबाडको बिदा कटौती फिर्ता लिन माग

चाडबाडको बिदा कटौती फिर्ता लिन माग


काठमाडौँ, ९ कात्तिक: दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएकामा पण्डितहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय धर्मसभा नेपालले आज यहाँ आयोजना गरेको पाँचौँ पण्डित सम्मेलनका सहभागीले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरेका हुन् । पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यस वर्ष कात्तिक ४ गतेदेखि नै कार्यालय खोलिए पनि अझै कर्मचारी आइनसकेको बताउनुभयो ।

कोजाग्रत पूर्णिमाका दिनसम्म त कार्यालय खोल्ने कर्मचारी मात्र रहेको उल्लेख गर्दै उहाँले त्यस अवधिमा सेवाग्राही पनि नगएकाले अविलम्ब बिदा कटौती फिर्ता लिन माग गर्नुभयो । भाषा, धर्म र संस्कृतिमाथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इशारामा बिदा कटौती गरिएको सहभागीको भनाइ थियो । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, हिन्दू जनजागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिषी सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्मसंस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिनुभयो ।

शनिबारसम्म चल्ने सम्मेलनमा आज पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

दुवै कार्यपत्रमाथि शनिबार छलफल गरी चार सम्मेलनले पारित गरेका घोषणापत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष प्रा डा भट्टराईले अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव अरुणकुमार पाण्डेले जानकारी दिनुभयो । शनिबार नै सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सम्मेलनमा हिन्दू, बौद्ध, जैन, शिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता छ । सम्मेलनमा भाग लिन भारतबाट ३० पण्डितको समूह आएको छ ।

नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्मसंस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका छन् । बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ३८ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा