२०८३, ३ आश्विन आईतबार

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ


दमौली, ७ कात्तिक: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।”

मन्त्री गुरुङले दुई वर्षभित्र सबै गाउँमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउँदै जनतालाई सुखी र समृद्धि बनाउने सरकारको कार्ययोजना रहेको धारणा व्यक्त गर्नुभयो ।

आगामी पाँच वर्षभित्र गण्डकी प्रदेश अब्बल र समृद्ध बन्ने बताउँदै विकास निर्माण तथा आर्थिक गतिविधिमा अन्य प्रदेशको तुलनामा यो प्रदेश अगाडि रहेको छ भन्नुभयो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङको विकास निर्माणका बारेमा जानकारी गराउँदै गाउँपालिकाको योजनामा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : २२ बजे

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न

खानेपानी नागरिकको मौलिक अधिकार हो, महंगो शुल्क स्वीकार्य छैन् : अध्यक्ष ओली

रोल्पा । रोल्पा सहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा सम्पन्न