२०८२, २३ भाद्र सोमबार

भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध उजुरी

भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध उजुरी


सप्तरी, ६ कात्तिक : भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।

पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ ।

साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो । संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ९ : १३ बजे

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री

पाथिभरा माताले हामी सबैकोा रक्षा गरुण

कविता हे पाथिभरा माता,तपाईंको पवित्र चरणमाहाम्रो मन सधैं समर्पित रहोस्।