२०८३, ३ आश्विन आईतबार

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा


काठमाडौँ, ६ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ । स्विजरल्याण्डको जेनेभामा आज भएको ‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)’को महिला, कानून तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा नेपाल सरकारका तर्फबाट छैटौँ प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै महिला हिंसा, समानता, लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माण गर्न नेपाल सरकार कुनै पनि कसर चाल्न पछि नपर्ने जानकारी गराउनुभयो । उहाँले वर्तमान नेपालको संविधान महिलामैत्री भएको बताउँदै दक्षिण एशियाको नै उत्कृष्ट तथा मार्ग दर्शकका रुपमा रहेको समेत दाबी गर्नुभयो । नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्ति, प्रजनन स्वास्थ्यलगायत कुरामा महिलालाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएको जानकारी गराउनुभयो ।

सङ्घीयताको कार्यान्वयवनसँगै कानून तथा ऐन निर्माणका क्रममा रहेको र पूर्णरुपमा ऐन तथा कानूनको निर्माणपश्चात् महिला हिंसाको पूर्णरुपमा अन्त्य हुने दाबी गर्नुभयो । उहाँले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउन महिलाको भूमिका अतुलनीय रहने बताउँदै आगामी दिनमा लैङ्गिक विभेदको खाडललाई अन्त्य गराउने उद्घोष गर्नुभयो । महिलालाई आर्थिकरुपमा सक्षम र सबल बनाउन वर्तमान सरकारले महिलामैत्री कार्यलाई लागू गर्ने तयारी रहेको बताउँदै ४० प्रतिशतभन्दा बढी सहकारीमा महिलाको नेतृत्व रहेको समेत मन्त्री थापाले जानकारी गराउनुभयो ।

उहाँले नेपालमा बढ्दै गएको बलात्कारका विषयमा नेपाल सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका आपराधिक क्रियाकलापमा संलग्न रहने जो कोहीलाई कठोर कानून निर्माणको प्रक्रियामा अघि बढिरहेको बताउनुभयो । उहाँले महिलाको श्रम सुनिश्चित गर्ने प्रक्रियामा रहेको बताउँदै श्रम शोषण, मानव बेचबिखन, यौन हिंसालगायत महिलाविरुद्ध हुने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापलाई नेपाल सरकारले आगामी दिनमा पूर्ण रुपमा नियन्त्रण गर्ने आश्वासनसमेत दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : ४० बजे

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न

खानेपानी नागरिकको मौलिक अधिकार हो, महंगो शुल्क स्वीकार्य छैन् : अध्यक्ष ओली

रोल्पा । रोल्पा सहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा सम्पन्न

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक