२०८२, १० भाद्र बुधबार

शिक्षक हत्या आरोपमा चार पक्राउ

शिक्षक हत्या आरोपमा चार पक्राउ


नुवाकोट, १४ असोज: दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो । पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १४ आश्विन आईतबार  ८ : ५८ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि