२०८२, १० भाद्र बुधबार

बलात्कारको अभियोगमा तीन जना पक्राउ

बलात्कारको अभियोगमा तीन जना पक्राउ


भोजपुर, ११ असोज: बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ । त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै स्थानीय ४७ वर्षीया अपाङ्गता भएका महिलालाई बलात्कार गरेको अभियोगमा छत्रमान राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । जिल्लामा एक सातामा तीन वटा बलात्कार घटना घटेका छन् । यसरी बलात्कारका घटना दिनानुदिन बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ७ : २१ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको