२०८३, ४ श्रावण मंगलबार

बलात्कारको अभियोगमा तीन जना पक्राउ

बलात्कारको अभियोगमा तीन जना पक्राउ


भोजपुर, ११ असोज: बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ । त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै स्थानीय ४७ वर्षीया अपाङ्गता भएका महिलालाई बलात्कार गरेको अभियोगमा छत्रमान राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । जिल्लामा एक सातामा तीन वटा बलात्कार घटना घटेका छन् । यसरी बलात्कारका घटना दिनानुदिन बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ७ : २१ बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय