२०८२, १५ माघ बिहीबार

सङ्घीयता विरोधिले टाउको उठाउन खोजे :मन्त्री पुन

सङ्घीयता विरोधिले टाउको उठाउन खोजे :मन्त्री पुन


रोल्पा ३० भाद्र: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय समिति रोल्पाले आज लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको छ भन्नुभयो ।

सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने बताउँदै उहाँले सङ्घीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकताका आधारमा सरकारको सरकारले गतिविधि बढाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र बजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिकासहित १० वटा स्थानीय तह रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ८ : ५१ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला