२०८२, ११ कार्तिक सोमबार

प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु

प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु


अफगानिस्तान, २९ भदौ अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सन् २०१४ को अन्त्यदेखि ‘अफगान युद्ध’ को नीतिमा फेरबदल गरेको नेटोआवद्ध संयुक्त गठबन्धनले अफगानिस्तानमा तैनाथ सेनाको संख्या कटौती गर्नुका साथै गाउँगाउँमा सेनाको गस्ती वा प्रत्यक्ष संलग्नता त्यागेको थियो ।

पछिल्लो समय नेटो आबद्ध सेनाले अफगानी सेनालाई तालिम र हवाई सहयोग गरिआएको छ ।

अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतङ्ककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । अतिवादी समूहको आक्रमणबाट अफगानी सर्वसाधारण र सुरक्षाफौजमा व्यापक क्षति भएको छ ।

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्तिया प्रान्तको गार्डेज शहरको एक प्रहरी कार्यालयमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।

सन् २०१७ अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा सैनिक पोशाकमा प्रवेश गरेका तालिबान लडाकूहरुले चलाएको गोलीबाट मस्जिद र भोजन हलमा रहेका निहत्था एकसय ४४ जना सैनिकको हत्या गरेका थिए ।

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरूले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको थियो । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए ।

मे ३१ तारिखमा अफगानिस्तानको राजधानी काबुलमा भएको एक अर्को भीषण ट्रक बम हमलामा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौं घाइते भएका थिए ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : ३७ बजे

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति