२०८३, ८ कार्तिक आईतबार

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय


चाङ्चुङ, २९ भदौ चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ ।

उहाँलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठह¥याइएको हो । उहाँलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।

चीनको जनअदालतले दोषी ठह¥याएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुनुहुन्छ । लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ ।

उहाँले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ ।

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : १३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना