२०८३, ९ असार बुधबार

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय


चाङ्चुङ, २९ भदौ चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ ।

उहाँलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठह¥याइएको हो । उहाँलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।

चीनको जनअदालतले दोषी ठह¥याएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुनुहुन्छ । लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ ।

उहाँले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ ।

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : १३ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि