२०८२, २७ चैत्र शनिबार

भनेको ठाउँमा जान नमान्ने र बढी भाडा लिने ३३७ ट्याक्सीलाई कारबाही

भनेको ठाउँमा जान नमान्ने र बढी भाडा लिने ३३७ ट्याक्सीलाई कारबाही


काठमाडौँ, २८ भदौ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।“महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिन्छ । ”

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताउनुभयो ।

“सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट््याक्सी चालकले ठगी गरेको पाइयो”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालन हुन्छ ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  १२ : ३३ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण