२०८२, ९ भाद्र मंगलबार

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात पक्राउ

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात पक्राउ


सुर्खेत, २७ भदौ : बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले आज सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर र वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय चक्रबहादुर शाही रहेका छन् ।

त्यसैगरी, जुम्ला डुग्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपाने, वीरेन्द्रनगर–९ का २८ वर्षीय नकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन क्रममा नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो । गाडीमा चढाउन सर्वसाधारणलाई जबर्जस्ती तान्ने र नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने विभिन्न यातायातका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो ।

यातायात व्यवसायीले यात्रुलाई दैनिक तानेर सास्ती दिने गरेको जनगुनासो बढेपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुको दादागिरीले दैनिक यात्रुले सास्ती भोग्दै आइरहेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : ४० बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको