२०८३, १५ जेष्ठ शनिबार

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, हेमन्ती भट्टलाई एसपी विष्टले प्रहरी लगाएर किन पिट्न लगाए ?

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, हेमन्ती भट्टलाई एसपी विष्टले प्रहरी लगाएर किन पिट्न लगाए ?


 

महेन्द्रनगर, १० भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाका कारण निलम्बनमा परेका कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले स्थानीय एकजना युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेको रहस्य बाहिर आएको छ । यो घटना बाहिर आएपछि निर्माला प्रकरण झनै रहस्यमय बन्र्दै गएको छ ।

भीमदत्त नगरपालिका निवासी हेमन्ती भट्टलाई विष्टले ३ दिनसम्म लगातार प्रहरी कार्यालयमा बयानका लागि बोलाएर तेस्रो दिन मरणासन्न हुने गरेर कुटपिट गरेको खुलासा भएको छ । निर्मला पन्तकी दिदी र हेमन्ती भट्ट साथी हुन् ।

बयानका लागि बोलाएको तेस्रो दिन महिला प्रहरी लगाएर एसपी विष्टले आफूलाई खुट्टाको पैतलामा पिटेको हेमन्ती भट्टले स्थानीय पत्रकारहरूलाई बताएकी छिन् ।

‘एसपी विष्ट र उहाँको समूहले निर्मला पन्तको बलात्कार र हत्यामा तेरो पनि संलग्नता छ । के हो भन् भनेर मलाई यातना दिइयो’, भट्टले भनेकी छिन्, ‘मलाई कुनै जानकारी नभएको विषयमा जवरजस्ती दुःख दिइयो । प्रहरी कार्यालयमा पिटियो ।’

‘केरकारको लागि मलाई घरमा आएर बोलाए । पहिलो र दोस्रो दिन केही पनि गरेनन् । तेस्रो दिन बेलुका घर आउनु अगाडि महिला पुलिसहरूले कुटे’, हेमन्ती भट्टले भनेकीछिन्, ‘भन तैँले मान्छे पठाहोस् भनेर घटना स्वीकार गर्न दवाव दिए । निर्मला पन्त मेरो साथी होइन । म कलेज पढ्ने । उनी स्कुल पढ्ने । निर्मला मेरो साथीको बहिनी हो ।’

निर्मलाको बलात्कारपछि हत्या भएको घटना आफूले कलेजबाट घर फर्कने बेला बिहान दश बजेतिर थाहा पाएको भट्टले बताएकी छिन् । ‘निर्मला पन्तलाई त्यो दिन बिहान देखेको थिएँ मैले । पछि देखिन । त्यो दिन बिहान साथीको घर जान्छु भनेकी थिइन् । उनको दिदीले नजा भनेको थियो रे’, उनले भनेकी छिन्, ‘निर्मला पन्त को साथीकोमा गएको हो मलाई थाहा भएन । त्यो घटना भयो भन्ने करा म कलेजबाट आउँदा दश बजेतिर थाहा पाएको हुँ ।

(हेमन्ती भट्टले सिधा कुरा जनतासँगमा पत्रकार रवि लामिछानेसँग दिएको बयानका आधारमा तयार पारिएको)

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  १० : ०९ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण