२०८२, ३ पुस बिहीबार

प्रदेश र सङ्घीय सरकारबीच मतभिन्नता छैन: मुख्यमन्त्री शाही

प्रदेश र सङ्घीय सरकारबीच मतभिन्नता छैन: मुख्यमन्त्री शाही


काठमाडौँ, २५ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पार्नुभएको छ । रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताउनुभयो ।

“अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने काम प्रदेश सरकार र स्थानीय तहको हो” मुख्यमन्त्री शाहीले भन्नुभयो । संविधानअनुसार मुख्यमन्त्रीलाई अधिकार दिनुपर्ने उहाँको भनाइ छ । “मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो, सात वर्षसम्म संविधानको बारेमा बहस भयो, अब पनि सानातिना कुरामा अल्झिन थाल्यौँ भने मुलुकको विकास कहिले गर्ने”, उहाँले प्रतिप्रश्न गर्नुभयो ।

मुख्यमन्त्री शाहीले प्राकृतिक, भौगोलिक र सांस्कृतिकलगायतका क्षेत्रमा कर्णाली प्रदेश अब्बल रहेको दाबी गर्दै विकास, स्वास्थ्य र शिक्षाको हिसाबले प्रदेश पछि परेकाले त्यो पूरा गर्न वर्तमान प्रदेश सकार प्रयत्नशील रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ५ : १७ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार