२०८२, १५ माघ बिहीबार

मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !

मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !


काठमाडौं, भदौ २५ : जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भएपनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन ।संसदीय समितिमा दफावार छलफल भएपछि र सबैको सहमति भएपछि मात्र विधेयक संसदको बैठकमा लैजाने गरेको छ ।

आइतबार बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको ५ औं बैठक गणपूरक संख्या नपुग्दा बैठक बसेपनि कुनै निर्णय गर्न सकेन । बैठक बिहान ११ बजे बोलाइएको थियो । समितिका जेष्ठ सदस्य रहेका राजपा नेता महन्थ ठाकुर पनि ११ बजेभन्दा ढिलो गरी बैठकमा पुग्ु भएको थियो । समितिमा रहेका २५ सदस्यमध्ये १२ सांसदमात्र बैठकमा उपस्थित भएका थिए ।

बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँकी, प्रमिला राई, चुडामणी खड्का, निरादेवी जैरु, तुल्सी थापा, सरवत आरा खानसहित १२ सांसद्को मात्रै उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा नियमावली , २०७५ को नियम १७९ मा गणपूरक संख्यासम्बन्धी व्यवस्था गरिएको छ । नियममा भनिएको छ–‘ समितिको बैठकमा गणपूरक संख्या नपुगेमा सो संख्या नपुगेसम्म समितिका सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को दिनका लागि बैठक स्थगित गर्न सक्नेछ ।’ यो खबर आजको नेपाल समाचारपत्रमाा छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ६ : ५० बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला