२०८२, १५ माघ बिहीबार

काङ्ग्रेस नेता तारानाथ राना भाट भन्छन् ‘काङ्ग्रेसले बाटो बिरायो’ भावी यात्रा कष्टकर हुने भविष्यवाणी

काङ्ग्रेस नेता तारानाथ राना भाट भन्छन् ‘काङ्ग्रेसले बाटो बिरायो’ भावी यात्रा कष्टकर हुने भविष्यवाणी


काठमाडौँ, २४ भदौ पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो ।

“काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आज आयोजना गरेको कार्यक्रममा रानाभाटले भन्नुभयो, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”

काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गर्नुभयो । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।

काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लिला कोइरालाले नेपाली काङ्ग्रेसको नीतिले प्रजातन्त्र मात्र नभएर संविधान नै जारी भएको उल्लेख गर्दै त्यसको बचाउन पनि काङ्ग्रेसले नै गर्नेले अभियान चलाउनुपर्छ भन्नुभयो ।

बिपि विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रवृत्ति हाबी भएको भन्दै उहाँले बिपीको विचार र सिद्धान्तलाई मनन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ११ : २७ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला