२०८२, १० भाद्र बुधबार

फुजेल हत्या प्रकरणमा मुछिएका १२ जनालाई जिल्ला अदालतले दियो सफार्इ, खुसीयालीमा ¥यालीको तयारी

फुजेल हत्या प्रकरणमा मुछिएका १२ जनालाई जिल्ला अदालतले दियो सफार्इ, खुसीयालीमा ¥यालीको तयारी


भदौ २४ काठमाडौं । आइतबार चितवन जिल्ला अदालतले बहुचर्चित गोर्खा जिल्लाको फुजेल हत्याकाण्ड प्रकरणको मुद्दामा निर्णय दिएको छ । जिल्ला अदालत चितवनले गरेको फैसलामा १२ जनाले सफाइ पाएका छन् । घटनामा गोरखा स्थायी निवासी कृष्ण अधिकारीको हत्या भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानका साथ मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो भने आमा गंगामायाको अनशनलाई निवर्तमान कानुन तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङद्वारा केही महिनाअघि मात्र अनशन तोडाइएको थियो ।

तत्कालिन माओवादी द्वन्द्वको समय २०६१ साल जेठ २४ गते गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका उनका हजुरबुवा र हजुरआमालाई भेट्न गएका बेला हत्या गरिएको थियो । हत्याका आरोपी मध्ये एकजना रुद्र आचार्य भने पक्राउ नपरेकाले पछि ठहर गर्ने गरी जिल्ला अदालत चितवनले फैसला सुनाएको हो ।

अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा मुछिएका छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । स्रोतका अनुसार अदालतले थुनामा रहेका छविलाल पौडेललाई निर्दोष ठह¥याएपछि उनको रिहाईको खुसीयालीमा भोलि बिहान ७ बजे ¥याली निकाल्ने कार्यक्रम तय भएको जनाइएको छ ।

अदालतको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा हुने भएका छन् । गत असार  २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल  सोमबार रिहा हुने भएका हुन् ।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । प्रचण्ड भोलि बिहान ७ बजे डिल्लीबजार कारागार जाने खुमलटार स्रोतको भनाई छ ।

 

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  १० : ४० बजे

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको