२०८२, ८ भाद्र सोमबार

काँग्रेस कार्यकर्ताको गोली प्रहारबाट मृत्यु,गोली प्रहार गर्ने पूर्व माओवदी कार्यकर्ता पक्राउ

काँग्रेस कार्यकर्ताको गोली प्रहारबाट मृत्यु,गोली प्रहार गर्ने पूर्व माओवदी कार्यकर्ता पक्राउ


 

रोल्पा, २४ भदौ ९ रोल्पामा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट नेपाली काँग्रेस निकट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।

सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन् । गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए । पुनको छातीमा दुई र कोखामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

पुनमाथि गोली प्रहार गरेको भन्दै घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली किन चलाएको भन्ने बारेमा घर्तीसँग सोधपुछ भइरहेको डिएसपी खड्काले जानकारी दिए । पुनको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ८ : ४८ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको