२०८२, ११ कार्तिक सोमबार

‘स्वच्छ वातावरणका लागि समन्वय हुनुपर्छ’:अध्यक्ष शर्मा

‘स्वच्छ वातावरणका लागि समन्वय हुनुपर्छ’:अध्यक्ष शर्मा


काठमाडौँ, २४ भदौ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले फोहोरमैला व्यवस्थापन एवम् वातावरण संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । देशका विभिन्न भागमा सरसफाइ तथा स्वच्छ वातावरणको समस्याका कारण सर्वसाधारणको स्वास्थ्यमा पर्न गएको असरबारेको छलफलमा आज उहाँले वातावरण संरक्षणमा राज्यका सबै संयन्त्रहरुबीच समन्वय हुनुपर्छ भन्नुभयो ।

आयोगका सदस्य सुदीप पाठकले रसायनयुक्त सङ्क्रमित र साधारण फोहोरमैला व्यवस्थापन एवं फोहोरको विसर्जन स्थलमा देखिएको समस्याले मानवजीवन जोखिम सिर्जना गरेको बताउनुभयो । संविधानद्वारा प्रदत्त स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिकहकको कार्यान्वय पक्ष कमजोरी र सरोकारवाला निकायबीच समन्वयको अभावलाई निराकरण गर्दै वातावरण संरक्षणमा सरोकारवाला निकाय संवेदनशील हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडाँै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका उपप्रमख गीता सत्याल, वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान डङ्गोल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरूषोत्तम नेपाल, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेल, प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने, प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्त, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव लक्ष्मीप्रसाद गौतमको उपस्थिति थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : ५६ बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो